News Portal

  • झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

    रातोपोस्ट संवाददाता
    ११८८ पटक

    झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका आधारमा प्रतिभा छनौट समितिले अवार्डका लागि सिफारिस गरेको हो ।

    शारीरिक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनकै राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् । उमेश रोजगारका शिलशिलामा कुवेतमा छन् । उनको अवाड बुवा रामबहादुर राईले ग्रहण गरे ।

    स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको अवार्ड झापाकी कराते खेलाडी एस्तर राईले जितिन् । एकेएफ क्याडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी बिनिता बुढाथोकीलाई पछि पारिन् । वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन् ।

    यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन् । युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

    वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करातेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे । पिपुल्स च्वाइजको अवार्ड भने फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

    लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।तेश्रो झापा स्पोर्टस् अवार्डको

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)