News Portal

  • बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रातोपोस्ट संवाददाता
    ६७४ पटक

    झापा।  यात्रु वाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कनकाई नगरपालिका–५ का ४२ वर्षीय शुक्रराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको बसले सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो।

    बसको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस र बस चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का ३२ वर्षीय श्याम खड्कालाई नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)