News Portal

क्रिकेट समर्थकले गरे झापा NCSS लाई नगद सहयोग

रातोपोस्ट संवाददाता
१००३ पटक

झापा।नेपाली क्रिकेट समर्थक समाज झापाका पहिलेका सदस्य एवम् हाल वैदेशिक राेजगारकाे सिलसिलामा कुवेतमा रहेका झापा गाैरादह ४ का युवराज कट्टेलले NCSS झापालाई नगद सहयोग गरेका छन्।

नेपाली क्रिकेटको विकास र बेथितिका विरुद्ध निरन्तर विगत ४ वर्षदेखि उत्कृष्ट कार्य गर्दै आएको NCSS संस्थाका उनी पहिलेका सदस्य समेत हुन्।NCSS झापाले देशकै  ऐतिहासिक भुमि झापाको  कचनकवल स्थित “हाेचाे स्थान अग्लो क्रिकेट” भन्ने मुल नाराका साथ आदर्श क्रिकेट क्लबले आयोजना गरेकाे कचनकवल प्रिमियर लिग-२ माा सहभागी जनाउनका लागि सहयोग आह्वान गरेकाे थियोे ।

उक्त आव्हान पश्चात् कट्टेलले झापा NCSS लाई नगद रु तीन हजार तीन सय पचास(३३५०)रुपैयाँ सहयोग गरेको NCSS झापाका जिल्ला सम्याेजक प्रविण अधिकारीले जानकारी दिए।सम्याेजक अधिकारीका अनुसार ठुलो चुनाैतिका बाबजुद NCSS झापाले चालिरहेकाे कदम प्रति देशभरका क्रिकेट समर्थककाे ध्यानाकर्षण भएको पाइएको छ। यस्तै NCSS झापालाई एक क्रिकेट समर्थकले नगद रु सात हजार रुपैयाँ (७०००/-)सहयोग गरेका छन्। आफ्नाे नाम उल्लेख नगर्न आग्रह गर्दै आफू नामका लागि नभएर कामको सम्मान गर्ने ब्यक्ति भएका कारण नाम उल्लेख नगर्न आग्रह गरेको र उहाँ लगायतका  सहयोगीहरुकाे भावनाकाे उच्च कदर र मुल्यांकन गर्दै NCSS झापा अगाडि बढेका कारण केही खेल क्षेत्रका माफियाहरु तर्सिएकाे सम्याेजक अधिकारीले बताए ।

यहि असाेज ८ गतेदेखि १८ गतेसम्म सञ्चालनमा रहने भनिएको उक्त प्रतियोगिता निरन्तर झरी वर्षातका कारण समुह चरणका केहि खेल सहित पुन असाेज २४ गतेबाट सञ्चालन हुने गरि सारिएको छ भने NCSS झापाले उक्त खेलबाट आफ्नो सक्रियताकाे सुरुवात गर्नेमा देशभरका समर्थक तथा शुभ चिन्तकले NCSS झापालाई नजरअन्दाज गरेका छन्।

सहयोगी ब्यक्तिहरुले NCSS झापालाई जितकाे शुभकामना दिँदै उत्कृष्ट लयमा NCSS फर्किए झापामा क्रिकेटले गति लिने बताउँदै आफुहरुकाे निरन्तर साथ सहयोग रहने बताएका छन्।

प्रतिकृया दिनुहोस्