रातोपोस्ट संवाददाता

काठमाडाैं। यौन हिंसाको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।
सभामुखको सुरक्षार्थ खटिएका १७ जना नेपाली सेना, ९ जना प्रहरी र उनी चढ्ने सरकारी गाडी फिर्ता भएकाे हाे ।
अब निवर्तमान सभामुख महरासँग २ जना पिएसओ मात्र बाँकी रहेको उनका प्रेस विज्ञ डिल्ली मल्लले बताए । महराले सरकारी निवास बालुवाटार भने छाडेका छैनन् ।
‘उहाँको काठमाडौंमा आफ्नै घर छैन । डेरा खोज्नुपर्ने भएकाले हाल बालुवाटारमै हुनुहुन्छ । केही दिनपछि सरकारी निवास पनि छोड्नु हुन्छ’ मल्लले भने ।