News Portal

  • वाइसीयल झापाका जिल्ला अध्यक्ष सहित चार जना राष्ट्रिय युवा संघ नेपालमा मनोनीत

    रातोपोस्ट संवाददाता
    १६०६ पटक

    काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।

    तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो ।

    शुक्रबार बसेको राष्ट्रिय युवा संघ नेपालको बैठकले पारित गरेको केन्द्रिय सदस्यमा झापाबाट चार जना मनोनितमा परेका छन् ।

    जसमा पूर्व वाइसीयल झापा जिल्ला अध्यक्ष कुमार आचार्य, पूर्व युवा संघ नेपालका प्रदेश कमिटी सदस्य  पर्वतराज भण्डारी, प्रत्युस राना  र पूर्व वाइसीयलका प्रदेश नम्बर १ का संयोजक डम्बर पुलामी (कर्मा) रहेका छन् ।

    ३३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने संयोजक दीपशिखाले जानकारी दिए ।

    उनका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)