News Portal

  • पूर्व सभामुख महरा निवासबाटै पक्राउ

    रातोपोस्ट संवाददाता
    ५१० पटक

    काठमाडौं। संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट आइतबार साँझ महरालाई नियन्त्रणमा लिएको हो । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडित कर्मचारीले शुक्रबार महराविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    जाहेरीपछि आइतबार अपरान्ह काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई नियन्त्रणमा लिएको हो । महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ । उनलाई महानगरीय प्रहरी वृत सिंहदरबार लगिएको छ ।

    महरालाई यसअघि नै चढ्दै आएको सवारी साधनमा राखेर लगिएकाले हतकडी लगाइएको वा नलगाईएको बारे संचारकर्मीलाई पनि जानकारी गराइएको छैन । प्रहरीले उनलाई उनकै बा १८ च ४०० नम्बरको  निजी गाडीमा हालेर लगेको छ ।

    महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

    महरामाथि असोज १२ गते राति संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ । सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडित महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

    महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन् । १२ गते रातिको घटना १३ गते सार्वजनिक भएपछि असोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)