News Portal

  • आज महानवमी सिद्धिदात्री देवीको पूजा अर्चना गरिँदै

    रातोपोस्ट संवाददाता
    ७२४ पटक

    काठमाण्डौँ । नेपालीहरुको महान चाड बडा दशैँको आज नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाईँदैछ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । भगवान शिवले सिद्धिदात्री देवीकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ ।

    सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । आज महानवमी पनि हो । चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ ।

    आज हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)