News Portal

  • मंगलबारेमा रमाइलो ‘मिनी महोत्सव’ सुरु

    रातोपोस्ट संवाददाता
    १७५८ पटक

    झापा । शिवसताक्षी नगरपालिका–२ स्थित मंगलरबारे बजारमा शनिबारदेखि ‘मिनी महोत्सव’ सुरु भएको छ ।
    नेपालीहरुको महान पर्व विजयादशमी र शुभ दिपावलीको अवसर पारेर मंगलबारे बजारमा मिनी महोत्सव आयोजना गरिएको हो ।

    मंगलबारे बजार व्यवस्थापन समिति र स्थानीय युवाहरुको अगुवाईमा सुरु महोत्सव असोज २९ गते समापन हुने आयोजकका सदस्य राजु दर्नालले बताए ।

    पछिल्लोसमय समाजमा बढ्दै गइरहेको लागुपदार्थको प्रयोग र महिला हिंसा संम्बन्धी घटनालाई न्यूनिकरण गर्ने अभियानमा आम समुदायको साथ–सहयोग जुटाउने उद्देश्यले मिनी महोत्सव आयोजना गरिएको आयोजक समिति सदस्य खगेन्द्र राईको भनाई छ ।

    बजार व्यवस्थापन सहयोग समितिका अध्यक्ष भीम नेम्बाङका अनुसार महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरु, हाँस्य तथा नृत्य कलाकारहरुको बजोड प्रस्तुति रहने छन् । महोत्सवमा रोटे पिङ, सर्कस तथा बालबच्चाहरुका लागि खेलौना तथा खेल सम्बन्धी प्रतियोगितासहित विभिन्न प्रकारका आर्कषक कार्यक्रमहरु रहेका उनले बताए ।
    यस्ता मेला तथा महोत्सवहरुले बजारको व्यवसायीक प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)