News Portal

  • टीका लगाउन हिडेका दम्पतीको खोलाले बगाएर मृत्यु

    रातोपोस्ट संवाददाता
    ४४१ पटक

    दैलेख । दुल्लु नगरपालिका र नारायण नगरपालिकाको सीमा क्षेत्रमा बग्ने छामघाट खोलामा दुई जनाको शव फेला परेको छ। चुप्राबजार नजिक लोहोरे र छामघाट दोभानमाथि छामछाट खोलाको तालमा डुबको अवस्थामा दुई जनाका शव फेला परेका हुन्। खोला तर्ने क्रममा बगेर मृत्यु भएको हुनसक्ने आंशका गरिएको जिल्ला प्रहरी कार्यालयका दैलेखका सुचना अधिकारी प्रेमबहादुर क्षेत्रीले बताए। दुबै शव खोलामा डुबेको अवस्थामा भेटिएको जनाइएको छ। प्रहरीले मंगलवार साँझ ८ बजेतिर मृतकको शव खोलाबाट निकालिएको बताएको छ ।

    प्रहरीकाअनुसार मृतक दुल्लु नगरपालिका –११ की ४५ वर्षिय ईन्दबहादुर सुनार र उनकी ४० वर्षीया श्रीमती खगिसरा सुनार रहेको प्रहरीले जनाएको छ। उनीहरु दशैंको दिन घरमा टीका लगाई ससुरालीमा टीका लगाउन ४ बजे हिडेको मृतकका भतिज गणेश विकले बताए।

    छामघाट खोला तरेर जाने क्रममा उनीहरुको बगेर मृत्यु भएको हुनसक्ने आफन्तले अनुमान गरिएको छ। उनीहरु खोला तरेर नारायण नगरपालिका २ कुसाडा ससुराली आउँदै थिए। शव डुवेको अवस्थामा प्रहरी र स्थानीयहरु झिकेर पोष्ट मार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउने तयारी गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)