News Portal

  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा सातको मृत्यु, ३० बढी घाइते

    रातोपोस्ट संवाददाता
    ९०८ पटक

    सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले दिएको प्रारम्भिक जानकारी अनुसार बसभित्र अड्केका शव निकाल्न प्रहरीले प्रयास गरिरहेको छ । चौतारा, मेलम्ची, नवलपुर र भिमटारबाट प्रहरी घटनास्थल पुगेकाे छ ।

    दशैँ मनाएर राजधानी फर्कन लागेका स्थानीय दुर्घटनामा परेका हुन् । हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सडकबाट करिव दुई सय मिटर तल खसेको छ । सुरुमा बसको टायर पंचर भएको थियो । टायरमा हावा गइरहेकै अवस्थामा चालकले बस अर्को मोडमा लैजाँदै गर्दा ब्रेक फेल भएर बस पल्टेको हो ।

    प्रत्यक्षदर्शी कुबेर भट्टराईका अनुसार ९५ प्रतिशत यात्रु घाइते छन् । गाडीमा सिटबाहेक उभिएर र झुण्डिएर यात्रु राजधानी आउँदै थिए । दुर्घटनामा इन्द्रावती ८ र ९ का स्थानीय हताहती भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको उद्वारकार्य जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)