News Portal

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
६०३ पटक

काठमाडाैं। नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ।चिनियाँ राष्ट्रपति सी को दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे।

चिनियाँ राष्ट्रपति सीको स्वागत तथा सम्मानका लागि याे बिदा दिन लागिएकाे हाे। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा दिने निर्णय गरेको हाे।

नेपाल सरकारले विभिन्न देशका विशिष्ट अथिती आउँदा सम्मान स्वरूप सार्वजनिक बिदा दिने गरेकाे छ।  चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्।  दुईदिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता हुने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)