
झापा। झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन ।
पोख्रेलले समसामायीक बिषय बस्तुलाई हाँस्यब्यङ्ग रुपमा प्रस्तुत गर्दै दर्शकलाई पेट मिचि मिचि हसाएका थिए । रसाईलीले एनी प्रोब्लम, झम्के मायालगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
आदर्श धिमाल समाज मेचीनगर–८ ले बडादशैंको अवसरमा आयोजना गरेको साँस्कृतिक साझ–२०७६ मा राजाराजेन्द्र, कमल सहित नेपाल हिरो अफ ट्यालेन्ट टप २० मा छनोट भएका सारान्स मेचे, जमीर अली, प्रवेस राई वेभव ग्यालेक्सी, अञ्जली राई, तिलक मैनालीलगायत स्थानिय कलाकारले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली र विशिष्ट अतिथि मेचीनगर–८ वडा अध्यक्ष विकेन्द्र धिमालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको तर्फबाट रमिला धिमालले गरेकी थिईन् ।
कार्यक्रममा मेचीनगर कार्यापालिका सदस्य टिकाराम मग्रान्ती, मेचीनगर–८ वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, नेपाल थामी समाज झापा अध्यक्ष लालबहादुर थामी, साझ मनोरञ्जन संस्था मेचीनगर अध्यक्ष बिष्णु भट्टराई, सेन्टरी टोल विकास संस्था अध्यक्ष गिरीराज धमला, सचेतना युवा परिवार मेचीनगर अध्यक्ष बालकृष्ण ढुङ्गाना, मेची टोल विकास संस्था अध्यक्ष राजुकुमार राई, आदर्श धिमाल समाजका अध्यक्ष सञ्जय धिमाल, पूर्व अध्यक्ष रघुनाथ धिमाल, चित्र धिमाल, ईटाभट्टा प्रहरी बिट ईन्चार्ज असई शम्भु चौधरीलगायतको आतिथ्यता थियो ।
कार्याक्रम संयोजक रविन्द्र धिमालको अध्यक्षतामा आयोजना भएको पहिलो चरणको कार्यक्रम सञ्चालन पत्रकार तथा प्रतिभा युवा परिवारका अध्यक्ष युवराज आचार्य र दोस्रो चरणको कार्यक्रम सञ्चालन सञ्चारकर्मी राकेश थापा र राधिका कार्कीले गरेका थिए ।