News Portal

  • राष्ट्रपति भण्डारी बुधबार म्यानमार जाने

    रातोपोस्ट संवाददाता
    ६६९ पटक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो बुधबार म्यानमार भ्रमणमा जाने भएकी छिन् ।

    भण्डारी पाँच दिने भ्रमणका लागि २९ गते बुधबार म्यानमार प्रस्थान गर्न लागेकी हुन्।

    म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    म्यानमारमा रहँदा उनले राष्ट्रपति मिन्टसँग द्विपक्षीय वार्ता गर्नेछिन्।

    त्यस्तै, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले राष्ट्रपति भण्डारीसँग भेटघाट गर्नेछिन्।

    भण्डारीले म्यानमारमा रहेका नेपाली मूलका नागरिकहरूसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।

    राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायतका सरकारी अधिकारीहरु पनि सहभागी हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)