News Portal

  • जहाज डिले भएको भन्दै राजपा सांसद साहले गरे बुद्ध एयरको काउन्टर तोडफोड

    रातोपोस्ट संवाददाता
    ९७५ पटक

    जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

    राजपाका सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद साह सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

    बिहान ११ः४० बजेको उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा हातपात गरेका थिए ।

    सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन ! व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भएकाे बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)