रातोपोस्ट संवाददाता

काठमाडाैं। सरकारले पाँच जना सिडिओको सरुवा गरेको छ । मंगलबार गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरेकाे जानकारी दिएकाे हाे ।
सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट र उपसचिव प्रेमलाल लामिछाने रहेका छन् ।