News Portal

झापामा विप्लव कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

रातोपोस्ट संवाददाता
९२४ पटक

झापा।सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्।

पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले बिहीबार जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्।

पार्टीको राप्ती ब्यूरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज ‘वीरजंङ’सहित २१ नेता कार्यकर्ता गिरफ्तार भएको विरोधमा विप्लवका कार्यकर्ताले प्रधानमन्त्रीको पुतला जलाएका हुन्।

विप्लवका २१ जना नेता कार्यकर्तालाई राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानमा राप्ती ब्युरोकाे बैठक बसिरहेको स्थानबाट असाेज ३०गते बिहान १:३० बजे घर घेरा हालि प्रहरीले गिरफ्तार गरेको थियोे ।

पार्टीको निर्देशन अनुसार नै बिहीबार जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुतला जलाएको एक नेताले  जानकारी दिए।

जिल्लाको भद्रपुर,सिवसताक्षि,दमक,मेचिनगर,बुद्दशान्ति लगायतका क्षेत्रमा  प्रधानमन्त्री ओलीको पुतला जलाएपछि आयोजित सभामा बाेलेका अधिकांशले सरकारको तिव्र आलोचना गरेको उनले बताए । यो सरकार  जनता लुट्नका लागि विदेशीको गुलाम बनेको आरोप लगाउँदै आफुहरु नेपाली जनताको अधिकारका निमित्त बलिदान गर्न समेत तयार रहेकाे ती नेताले  बताए ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)