News Portal

  • युवती हत्यामा संलग्न १६ अभियुक्तलाई मृत्युदण्ड

    एजेन्सी
    ७२३ पटक

    एजेन्सि।बंगलादेशमा एक १९ वर्षिय युवतीलाई  जलाएर हत्या गरिएको घटनामा संलग्न १६ जनालाई मृत्युदण्ड सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    १९ वर्षीया छात्रा नुसरत जहाँ रफीलाई जलाएर हत्या गरेको अभियोगमा त्यहाँको अदालतले १६ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डकाे निर्णय गरेको हो। ढाकादेखि १६० किलोमिटर टाढा फेनी नगरमा नुसरतको हत्या गरिएको थियो ।

    उनले यौन दुव्र्यवहार भएको भन्दै आफ्नै शिक्षकविरुद्ध उजुरी दिएकी थिइन् । उक्त उजुरी फिर्ता लिन उनलाई दबाव दिइएको घटना बाहिर आएको छ।

    उजुरी फिर्ता लिन नमान्दा उनलाई शिक्षककै संलग्नतामा एक समूहले जलाएर हत्या गरेको त्यहाँका  मिडियाले जनाएका छन् । अदालतले मुद्दाको फैसला गर्दै शिक्षक सहित १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । यस क्रममा बंगलादेशमा महिला हिंसा विरुद्ध श्रृंखलावद्ध आन्दोलन हुँदैआएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)