News Portal

पाकिस्तानमा सरकार विरुद्ध आन्दोलन ,सेनाको साथ प्रधानमन्त्री इमरानलाई

एजेन्सी
५९२ पटक

अन्तर्राष्ट्रिय ।पाकिस्तानमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भइरहँदा यहाँको सेनाले प्रधानमन्त्री इमरान खानलाई समर्थन दिएको छ ।

विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको थियोे भने विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख मानिस सहभागी भएको दावी गरेका छन् ।

मार्चमा सहभागी विपक्षी नेताहरुले प्रधानमन्त्री इमरान खानलाई २ दिनभित्रै राजीनामा दिनुपर्ने माग राखेका छन् । प्रधानमन्त्रीलाई राजीनामा दिन वा घर जान दुई विकल्प रहेको भन्दै उनीहरुले दबाव दिएका छन् ।

तर विपक्षी नेताहरुकाे उद्घोषलाई बेवास्ता गर्दै त्यहाँको सेनाले निर्वाचित सरकार र संविधानलाई समर्थन गर्ने जनाएको हो । विपक्षी दलसहित हजारौं मानिस प्रधानमन्त्रीले आइतबारसम्म राजीनामा दिनुपर्ने भन्दै सडकमा उत्रिएका छन् ।

साेहि बिषयमा सैनिक प्रवक्ता मेजर जनरल असिफ घफुरले टेलिभिजन च्यानलसँग कुरा गर्दै भनेका छन्,। ‘हामी कानुन र संविधानमा विश्वास गर्छौँ । साथै हाम्रो समर्थन लोकतान्त्रिक तरिकाले चुनिएको सरकारलाई हुन्छ । न कि, कुनै पार्टीलाई,’ सैनिक प्रवक्ता मेजर जनरल असिफ घफुरले टेलिभिजन च्यानलसँग भनेका छन् ।

विपक्षी दलका नेताले इमरान खान नेतृत्वको सरकार अवैधानिक भएको आरोप लगाएको छ । घफुरले विपक्षी नेतालाई लक्षित गर्दै सेना राजनीतिमा सामेल नहुने चेतावनी दिएका छन् । यसअघि सैनिक प्रमुख जेनरल क्वमर जभेद बज्वाले प्रदर्शनलाई शान्तिपूर्ण रुपमा नियन्त्रणमा लिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्