News Portal

  • नवनियुक्त प्रदेश प्रमुख प्रसाईंद्वारा पदभार ग्रहण

    रातोपोस्ट संवाददाता
    २३४७ पटक

    मकवानपुर । प्रदेश ३ का नवनियुक्त प्रदेश प्रमुख विष्णु प्रसाईंले पदभार ग्रहण गरेका छन् । प्रदेशको अस्थायी मुकाम हेटौंडामा बुधबार दिउँसो आइपुगेका प्रसाईंले हेटौंडा–१०, बसपार्क नजिकै रहेको प्रदेश प्रमुखको कार्यालयमा पुगेर औपचारिक रुपमा कार्यभार सम्हालेका हुन् । यसअघि प्रदेश ३ की प्रदेश प्रमुख रहेका अनुराधा कोइरालालाई बर्खास्त गरेर संघीय सरकारले प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

    पदभार ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले सबैपक्षलाई समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘सबै पक्षको सहयोग र सद्भावबाट राष्ट्रको उन्नति र प्रगति हुन सक्छ । सवैसँग सदभाव कायम गर्दै प्रदेशको समग्र विकासमा अगाडि बढ्ने छु,’ उनले आफू संविधानको दायरमा रहेर आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘सबै क्षेत्रको सहयोगबाट अगाडि बढ्न सहज हुन्छ । त्यसका लागि काम गर्नेछु,’ उनले भने ।

    उनलाई प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्वागत गरेका थिए । प्रदेश ३ का मुख्यमन्त्री हेटौंडामा नभएका कारण जम्मकट्टेलले उनलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, विभिन्न मन्त्रालयका सचिव तथा विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)