News Portal

  • भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

    रातोपोस्ट
    ८५० पटक

     

     

     

     

     

     

     

     

     

     

    काठमाडौं । कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ ।

    रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध प्रदर्शन त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।प्रदर्शनमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका हुन्।

    कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गर्दै नेपाली भूमिलाई भारतीय नक्साबाट हटाउन माग राखें। भारत र नेपालबीचका असमान सन्धि सम्झौता समेत खारेज गर्नु पर्ने उनीहरुको माग थियो।

    संयोजक महरले भारतीय नक्साबाट नेपाली भूमी फिर्ता गराउन थप आन्दोलनको कार्यक्रमहरु गर्दै जाने जनाए। के-कस्ता आन्दोलन गर्ने छलफल गरेर टुंगोमा पुग्ने अनेरास्ववियूले जनाएको छ। उक्त संगठनसँग आबद्ध विद्यार्थीले सामाजिक सञ्जालमा समेत ‘गो व्याक इन्डिया’ भन्दै आलोचना गरेका छन्। यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पनि विरोध प्रदर्शन गरेको छ ।समाचार स्राेत-ई-कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)