News Portal

  • कञ्चनपुरबासीद्वारा सीमा नाकामै मोदीको पुत्ला दहन

    रातोपोस्ट संवाददाता
    ६४९ पटक

    काठमाडौँ : कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका छन् ।

    जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । आन्दोनरत विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

    भारतीय साम्राज्यवादले आफ्नो देशको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई गाभेको विषयप्रति नेपालमा मात्र नभएर विश्वभर छरिएका नेपालीहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)