News Portal

  • ‘गो ब्याक इन्डिया’ भन्दै झापाका विद्यार्थी सडकमा

    रातोपोस्ट संवाददाता
    ५५८ पटक

    झापा । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै झापामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
    भारतले  जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले भारतीय विस्तारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

    नेविसङ्घ झापा र मेची बहुमुखी क्याम्पस नेविसङ्घ इकाई समिति भद्रपुरले झापाको सदरमुकाम भद्रपुरमा शुक्रबार बिहान विरोध प्रदर्शन गरेका हुन् ।
    मेची बहुमुखी क्याम्पसपरिसरबाट निस्किएको विरोध र्याली क्याम्पसमोड, एसपीमोड, ट्रेड युनियन चोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि चन्द्रगढी बजारबाट लेखनाथचोक हुँदै टे«ड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो । हाम्रो माटो हाम्रो देश प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद मूर्दाबाट, सरकार किन मौन छ भन्दै र्यालीमा सहभागी विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए ।

    यता विरोधसभालाई सम्बोधन गर्दै नेविसङ्घ झापाका सभापति भूवन बुढाथोकीले भारतले पटक–पटक नेपाली भूमि अतिक्रमण गर्दै आइरहेको अवस्थामा पनि सरकार मौन रहेकोमा खेद प्रकट गरे । उनले भारतीय विस्तारवाद विरुद्ध सीमाक्षेत्रमा गएर पनि प्रदर्शन गर्न विद्यार्थीहरू पछि नहट्ने बताए ।

    ‘भारतको भूमि मिचाहा कर्तुतले नेपालका अरू भूमि पनि आउँदो दिनमा नमिच्ने भन्न सकिँदैन, त्यसैले यसको विरोधसँगै सरकारको गम्भीर ध्यानाकर्षण गराउन विद्यार्थी सडकमा उत्रिएको हो’ –उनले भने ।
    उता सत्तारुढ नेकपाका भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बिहीबार साँझ ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेको अनेरास्ववियुका रोशन लामाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)