News Portal

  • तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती

    रातोपोस्ट संवाददाता
    ५२१ पटक

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ ।

    मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो ।

    लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा मन्त्रीका पिए, मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफै गएका हुन् ।

    स्रोतका अनुसार मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली र यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललगायतका उच्च अधिकारी विदेश भ्रमणमा रहेका छन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)