News Portal

  • झापामा नेवाः सांंस्कृतिक कार्यक्रम

    रातोपोस्ट संवाददाता
    १०१२ पटक

    झापा। नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने उद्घेश्यले संघीय राजधानी काठमाण्डौ बाहिर झापामा पहिलो पटक नेवाः सांंस्कृतिक कार्यक्रम शनिबार मेचीनगरमा सम्पन्न भएको छ ।

    नेवाः देय् दबू झापाको आयोजनामा मेचीनगरस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

    विभिन्न कारणले नेवारी कला संस्कृति लोप हुँदै गएको र त्यसको सरक्षण सम्बद्र्घन गर्न नेपालमै दोस्रोपटक प्रदेश नम्बर १ मा पहिलो पटक नेवाः सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल सरकारद्वारा युवा पुरस्कार २०७६ बाट पुरस्कृत तथा गोल्डमेडलिस्ट नृत्य गुरु स्वजन रघुवंशीको एकल नृत्य प्रस्तुत गरिएको थियो । रघुवंशीले नेवार संस्कृतिको पौराणिक तथा ऐतिहासिक पृष्ठभूमि बोकेको कुमारी नृत्य, धिमे नाच, पञ्चमहामल नृत्य, भैरव नृत्य, शवेत गणेश नृत्य, फकन्तले नाच, बज्रयोगिनी नाच, कात्तिक नाच, ऋतु सम्बन्धी नृत्य, महाकाली नृत्य, कत्थक नृत्य, चर्या नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    उहाँको नृत्यमा प्रोजेक्ट बाजा नेपाल व्याण्डले संगीत संयोजन गर्नुका साथै मालश्री, मंगल धुन,, बशन्त धुन, सिलु लोमारीधुन, सिनाज्या धुन प्रस्तुत गरेको थियो । दबूका १ नम्बर प्रदेश सदस्य एलसी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नेवा साँस्कृति कुञ्ज धरानका कलाकारहरुले चारसय वर्षअघिको कुमारी नृत्य तथा राष्ट्रिय कलाकार पुजन प्रधानले स्वदेश गान प्रस्तुत गर्नुभयो ।

    नेपाल सम्वत् ११४०को अवसरमा आयोजित उक्त कार्यक्रमले झापामा छरिएर रहेका नेवार समुदाय र अन्य समुदायलाई नेवारी कला संस्कृतिबारे बुझ्ने अवसर मिल्नुका साथै नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन टेवा पुग्ने  नेवाः देय् दबू झापा सचिव तिलरुपा श्रेष्ठले बताए ।

    नेवाः देय् दबू झापाका अध्यक्ष दिनेश शाक्यले कार्यक्रमको सभापतित्व गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)