News Portal

  • भारतीय हस्तक्षेप बन्द गर भन्दै मेची पुलमा युवा संघले जलाए भारतीय प्रधानमन्त्रीको तस्वीर

    रातोपोस्ट संवाददाता
    ९२२ पटक

     

     

     

     

     

     

     

     

     

    झापा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोस्टर झापामा जलाइएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले सीमावर्ती नाकामा पर्ने भद्रपुर ५ स्थित मेची पुलमा प्रधानमन्त्री मोदी र भारतीय नक्साको पोस्टर जलाइएको हो।

    भारतको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै देशभरमा विरोध प्रदर्शन भइरहेको अवस्थामा युवा संघले पनि विरोधसभाको आयोजना गरेको नगर अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए। भारतको विहार तथा बंगाल सीमासँग जोडिएको भद्रपुरको मेची पुलमा नेकपाका कार्यकर्ताहरूले भारतीय विस्तारवाद मुर्दावाद, भारतीय प्रधानमन्त्री मुर्दावाद, नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक इन्डिया भन्दै करिब आधा घण्टा नाराबाजी गरेका थिए।

    भद्रपुर भन्सार अगाडिबाट निस्किएको विरोध र्याली मेची पुल चढ्ने दशगजा क्षेत्रमा गएर नेकपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै कोण सभा गरेका थिए। कोणसभामा बोल्दै नेकपा झापाका जिल्ला सदस्य तथा भद्रपुर इन्चार्ज असारु राजवंशीले भारतीय विस्तारवादले नेपाली भूमि मिचेकोले यसलाई फिर्ता गराउन युवा सडकमा उत्रिएको बताए। भारतीय सरकारले नेपाली भूमि फिर्ता नगरे झापाबाटै आन्दोलन चर्काउने उनले चेतावनी दिए।

    त्यस्तै, नेकपाका जिल्ला सदस्य तथा भद्रपुर सहइञ्चार्ज नरेश सञ्जलले नेपाली भूमिको रक्षा गर्न देशका युवा तयारको बताए। उनले सरकार र सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले नेपाली भूमि बचाउन नसके युवा नै सीमा रक्षामा उत्रिने बाध्य हुने बताए। कार्यक्रममा नेकपाका दीपक अग्रवाल, निकास पाण्डेलगायतले बोलेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)