News Portal

  • भारतको हस्तक्षेप विरुद्ध प्रदर्शन गर्ने विप्लवका विद्यार्थीहरु पक्राउ

    रातोपोस्ट संवाददाता
    १३८० पटक

     काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

    पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लवका कार्यकर्ता छिरेको बताए । उनले भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’

    पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)