News Portal

  • झापामा हर्षोल्लासका साथ मनाइयो मोहम्मद जयन्ती

    रातोपोस्ट संवाददाता
    ६६६ पटक

    झापा। मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९४ औँ जन्मोत्सवकाे अबसरमा झापा विविध कार्यक्रम गरी मनाइएको छ।

    झापा विभिन्न स्थानीय तहमा बसोबास गर्दै आइरहेका मुस्लिम समुदायका इस्लाम धर्मालम्बीले हर्षोल्लासका साथ पैगम्बर हजरत मोहम्मद जयन्ती मनाएका हुन्।

    भद्रपुर ५ स्थित जामा मस्जिद र मदरसा अञ्जुमन इस्लामियाको संयुक्त आयोजनामा धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती भव्य रूपमा मनाएका छन्।

    भद्रपुर नगरपालिका अगाडि रहेको मस्जिद परिसरबाट नेपालको राष्ट्रिय झण्डासहित निकालिएको र्‍याली भद्रपुर बजार, बसपार्क, सहिद चोक हुँदै जनता चोकबाट पुनः मस्जिदमा गएर कोणसभा परिणत भएको थियो।

    जामा मस्जिदका अध्यक्ष अकबर अलि अध्यक्षता सम्पन्न कोणसभालाई सम्बोधन गर्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समाजवादका स्थापनाका लागि मुस्लिम समुदायका धर्मगुरु पैगम्बर हजरत मोहम्मदको ठूलो योगदान रहेको उल्लेख गरे।

    उनले मोहम्मद जयन्तीको अवसरमा नगर क्षेत्रका सम्पूर्ण मुस्लिम समुदायले शुभकामनासमेत दिएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, राप्रपाका नगर अध्यक्ष राधा कार्की मदरसाका अध्यक्ष तालिम शेख लगायतको सहभागिता रहेको थियो। यता र्‍यालीमा मुस्लिम समुदायका बालबालिका, युवायुवती, अगुवा व्यक्तिहरू, नगर क्षेत्रमा मदरसा, मस्जिदमा आबद्ध व्यक्तिहरूको उपस्थिति उल्लेखनिय सहभागिता रहेको शाहिद हुसेनले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)