News Portal

  • विप्लव निकट विद्यार्थी संगठनले जलायाे माेदिकाे पुतला

    रातोपोस्ट संवाददाता
    ५९२ पटक

    सुनसरी ।भारत सरकारले नेपालकाे लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा मिलाएर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा मेचिकाेशि व्युराे अन्तर्गतका सुनसरी लगायतका केही जिल्लामा विप्लव नेतृत्वको नेकपाकाे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मसाल जुलुस तथा माेदिकाे पुतला जलाएको छ ।

     

    नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिकाे पुतला जलाएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यार्थी सङ्गठनले निकालेको जुलुस तथा पुतला दहन कार्यक्रममा स्थानीय वासिन्दाले समेत ऐक्यबद्धता जनाएको सङ्गठनले जनाएको छ ।

    जुलुसमा ‘लिपुलेक र कालापानी हाम्रो हो, मिचिएको सीमा र असमान सुगौली सन्धि खारेज गर,गाे ब्याक इन्डिया , साम्राज्यवादी मोदी सरकार मुर्दावाद, सीमा मिच्न पाइँदैन, केपी सरकार चाहिँदैन’ लगायत नारा लगाइएको संगठनले जनाएको छ।
    अखिल (क्रान्तिकारी)का अनुसार सुनसरी ,माेरङ,धनकुटा ,इलाम,पाँचथर ,ताप्लेजुङ झापा लगायतका जिल्लामा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)