News Portal

पत्रकार बराल सहित विप्लवका आधा दर्जन नेता कार्यकर्ता काठमाडौंबाट पक्राउ

रातोपोस्ट संवाददाता
७५० पटक

काठमाडौं ।नेपाली भुमिलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति ध्यानाकर्षण गराउन नेपाल स्थित भारतीय दुतावासमा जाने कार्यक्रमको तयारी गर्दै गर्दा नेकपाका आधा दर्जन बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङ र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल समेत रहेका छन् । यस्तै कार्यक्रममा समाचार संकलन गर्न पुगेका जनपत्रकार संगठन नेपालका सदस्य शोभराज बराललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

ज्ञापनपत्र बुझाउन लैनचाैर स्थित दुतावास जाँदै गरेका उनिहरूलाइ घण्टाघरबाट प्रहरीले पक्राउ गरेकाे हाे । विप्लव निकट जनवर्गीय संगठनहरूले र्यालीसहित आज भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरेकाे थियाे । तर प्रहरीले र्याली अगाडि नै प्रहरीले धरपकड गरेकाे हाे ।

हिजाे उक्त पार्टी निकट जनवर्गीय संगठनहरूले देशैभरी माेदिकाे पुत्ला दहन गरे सँगै भारतकाे नयाँ नक्सा जलाएका थिए । साे क्रममा प्रहरीले ४२ जनलाइ पक्राउ गरेकाे छ ।

यसैबीच भारतीय नक्साकाे विरोधमा प्रदर्शन गर्नेलाई नेपाल प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ । भारतीय नक्सा विरुद्ध र्याली गर्दा आइतबार पक्राउ परेका एक दर्जनबढी विप्लव नेकपा निकट विद्यार्थीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाउने तयारी गरेको हो ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)