News Portal

  • बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै, यस्तो छ कार्यक्रम

    रातोपोस्ट संवाददाता
    ५४५ पटक

    काठमाडौं। बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चारदिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन्।

    उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

    परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपति हमिद आज दिउँसो १:१५ बजे विमान बंगलादेश एयरलाइन्समार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनेछन्। विमानस्थलमा राष्ट्रपति भण्डारीले उनको स्वागत गर्ने कार्यक्रम छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली सेनाको एक टुकुडीले बंगलादेशका राष्ट्रपतिलाई सम्मान गारथ अर्पण गर्नेछ।

    काठमाडौं आइपुगेकै दिन शीतल निवासमा राष्ट्रपति भण्डारी र हमिदबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्तामा नेपाल–बंगलादेश द्विपक्षीय सम्बन्धका सबै मुद्दामा संक्षेमा छलफल गरिने जनाइएको छ। सोही दिन उनी राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

    आज बंगलादेशका राष्ट्रपति हमिदलाई प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन्। आजै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हमिदसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    बुधबार बंगलादेशका राष्ट्रपति हमिदले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ। उनले काठमाडौंका अन्य मन्दिरहरूको पनि अवलोकन गर्नेछन्। सोही दिन उनी नेपालका लागि बंगलादेशका राजदूतले बाँसबारीस्थित आफ्नो निवासमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

    बंगलादेशका राष्ट्रपति बिहीबार पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम रहेको छ। पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा उनी सहभागी हुनेछन्। कार्यक्रममा नेपालमा रहेका बंगलादेशका नागरिकको उपस्थिति रहनेछ।

    शुक्रबार उनी केबुलकार चढी काठमाडौंको चन्द्रागिरी जाने कार्यक्रम छ। शुक्रबार दिउँसो ५:१५ बजे राष्ट्रपति हमिदको स्वदेश फर्कने कार्यक्रम छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)