News Portal

  • आजदेखि भद्रपुर विमानस्थल १० दिन बन्द हुने

    रातोपोस्ट संवाददाता
    ५६४ पटक

    झापा। आज देखि भद्रपुर विमानस्थल १० दिन पूर्णरूपमा बन्द हुने भएको छ।
    झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सुचारु गर्न लागेको भन्दै कार्तिक २६ देखि मङ्सिर ५ गते सम्म विमानस्थल पूर्ण रूपमा बन्द गर्न लागेको हो।

    ‘विमानस्थल धावनमार्ग मर्मतसँगै स्तरोन्नति गर्न लागेका हौ’, चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले भने, ‘भदौ २० देखि असोज ११ गतेसम्म यसअघि १८ घण्टा विमानस्थल बन्द गरेर काम गरेका थियौ, त्यस बेला पानी परेकोले काम प्रभावित बनेको थियो।’ त्यही कामलाई पुनः सुचारु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखित रूपमा अनुमति लिएर बन्द गराउन लागेको उनले बताए।

    १० दिनभित्र बाँकी मर्मतसँगै स्तोरन्ततिको काम ठेकेदारले सक्ने उनको भनाइ छ। विमानस्थलको १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग अहिले जीर्ण बनेको छ। जीर्ण बनेको धावनमार्ग १२ वर्षपछि मर्मत हुन लागेको हो।

    धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाखमा ठेक्का लगाएको छ। गौरी–पार्वती–देव एन्ड सायर जेभि काठमाडौँले धावनमार्ग मर्मतका लागि ठेक्का लिएको हो। यसअघि निर्माण कार्यले २१ दिन काम गरिसकेको र बाँकी रहेको काममा हात हाल्न लागेको जनाइएको छ।

    काठमाडौँ-भद्रपुर–काठमाडौँ हवाई सेवाका लागि यस विमानस्थलमा अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमानले नियमित उडान भर्दै आइरहेको छ। यही सबै विमान १० दिनका लागि विराटनगरको रुटमा हालिसकेको जनाइएको छ।

    बुद्ध एयरले भद्रपुर आउने तीन वटै विमान विराटनगरमा समय तालिका मिलाएर सारिसकेको बुद्ध एयरलाइन्स भद्रपुर स्टेसन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिए। विमानस्थल बन्द हुँदा हवाई यात्रुलाई १० दिन समस्या हुने उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)