News Portal

  • बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

    रातोपोस्ट संवाददाता
    ५७२ पटक

    काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् ।

    उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

    बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । उनको स्वागतका लागि राष्ट्रपति भण्डारीका साथै उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका थिए ।

    ५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन्।

    त्रिभुवन विमानस्थलमा उनलाई सेनाको टुकुडीले सम्मान गारत अर्पण गरिएको छ। नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा आजै रात्रीभोज आयोजना गर्ने भएकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)