News Portal

  • भुमि रक्षाका लागि प्रतिबन्धकाे बेवास्ता गर्दै विप्लवका विद्यार्थी सडकमा

    रातोपोस्ट संवाददाता
    ८९२ पटक

     

     

     

     

     

     

     

     

     

     

    झापा ।नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मेचिकाेसि व्युराे समन्वय समितिले भारतले मिचेकाे आफ्नो भुमि रक्षाकाे माग गर्दै झापाको दमकमा बृहत् प्रदर्शन गरेको छ।

    प्रतिबन्ध पश्चात विप्लवका हजारौं बिद्यार्थीहरु पुर्वमा पहिलोपटक सडकमा निस्किएका हुन्।
    मेचिकाेशि व्युराे समन्वय समितिकाे सम्याेजकत्वमा भएको उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका हजारौं विद्यार्थीहरु सडकमा उत्रिएका थिए।

    लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै अखिल (क्रान्तिकारी) द्वारा बृहत प्रदर्शन सहित कोणसभा कार्यक्रम समेत सम्पन्न भएको थियो ।उक्त कार्यक्रमलाई सोही संगठनकि केन्द्रीय सदस्य कम्रेड नतासा सुवेदिले सम्बोधन गरेकि थिइन् ।

    कालो ब्यानर सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारले भारतले मिचेकाे नभएर बेचेको समेत आराेप लगाएका थिए।सरकारले आफ्नो देशमाथि भारतले यत्रो ज्यादति गर्दा समेत केही कदम नचालेकाे भन्दै आफ्नो भुमि रक्षाका लागि आफुहरु बलिदान गर्न तयार रहेकाे बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)