News Portal

  • भारतिय हस्तक्षेपका बिरुद्ध विप्लव निकट अखिल (क्रान्तिकारी)सुनसरीको प्रदर्शन

    रातोपोस्ट संवाददाता
    १३८९ पटक

    सुनसरी ।नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )काे पुर्बी कमान्डकाे मेचीकोशी ब्युरो अन्तर्गत सुनसरी जिल्लामा अखिल (क्रान्तिकारी)ले भारतिय साम्राज्यवाद एवम् हस्तक्षेप विरुद्ध इटहरी मा बृहत प्रदर्शन गरेको छ ।
    देशभर राष्ट्रियताकाे आन्दोलनमा प्रतिबन्धकाे बेवास्ता गर्दै यतिबेला विप्लव निकट जनवर्गीय संगठनहरु सडकमा उत्रिएका छन् भने धेरै पक्राउ परिसकेका छन्।यद्यपि उनिहरुले राष्ट्र बचाउनका निमित्त आफुहरु बलिदान गर्न तयार रहेको भन्दै हस्तक्षेपका बाबजुद देशभर कार्यक्रम गरिरहेका छन्।


    आजकाे बिरोध र्याली इटहरीको जनता कलेज बाट शुरु भै बिराटनगर बसपार्क हुँदै इटहरी मुख्य सडक बाट बिपि चोकमा कोणसभा गरि समापन गरिएको विप्लव निकट अखिल (क्रान्तिकारी )सुनसरीले जनाएको छ । बिरोध र्यालिमा सुनसरीका विभिन्न कलेज बाट ५०० भन्दा बढी विद्यार्थीहरु को उपस्थिति रहेको थियो । कोणसभामा अखिल क्रान्तिकारी सुनसरीका सदस्य बिजयले सम्बोधन गरेका थिए।उनले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो अन्तिम स्वास रहेसम्म देशको लागि योगदान दिने र अखिल( क्रान्तिकारी) ले देश बेच्ने दलाल तथा भ्रष्ट सरकारको विरुद्ध कडा कदम चाल्ने बताए ।


    यता बिराेध प्रदर्शनीमा सडकमा उत्रिएका विद्यार्थीहरुले भारतीय बिस्तारवादका बिरुद्ध नाराबाजी गर्दै सरकारको समेत तिव्र आलोचना गरेका छन्।भारतले नेपालको भुमि कालापानी ,लिपुलेक,लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेकाे भन्दै त्यसको बिराेधमा विद्यार्थीहरु सडकमा आएका हुन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)