News Portal

  • भाेटे कुकुर भुकेन – बिपि विद्रोही

    रातोपोस्ट
    १५६९ पटक

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    [ भोटे कुकुर भुकेन ]

    लाग्छ यहाँ कराउनेहरुको जात्रा लागेको छ
    र यो प्रत्येक बर्स लाग्छ
    कि हैन यो कराउनेहरुको प्रतियोगिता हो
    र यो पनि प्रत्यक बर्स लाग्छ
    कहिले लाग्छ दक्षिण सुस्ता तिर
    कहिले लाग्छ पुर्ब पशुपतिनगर तिर
    कहिले महेशपुर, कहिले मर्चरी तिर।
    यो पालिको जात्रा कालापानीमा लागेको छ
    कराउने प्रतियोगिताको शीर्षक रहेको छ
    लिपुलेक हाम्रो हो
    धेरै कराउनेहरुले जित्ने छन
    सिहदरबार र बालुवाटारहरु।

    यो पाली
    कागहरु पनि धेरै कराये
    स्यालहरु झन जोड जोडले कराये
    फ्याउरो ,ब्वासो देखि गिद्द र हुचिलहरु सबै
    आफ्नो घेक्रो अनुसार कराये
    तर एक पटक भुकेन भोटे कुकुर

    हिजो सबैभन्दा जोडले उ कराउदथ्यो
    आज भोटेकुकुर प्रतियोगी थिएन
    उ गमक्क फुलेर बसेको थियो मंचमा
    रास्टबादको फुली लगाएर।

    लाग्छ यो एउटा याम हो
    र यो याममा सधै मान्छेहरु यसैगरी कराउछन
    जसरी गर्मी यामले धकेल्दै लैजान्छ जाडो यामलाइ
    ठिक उसैगरी मेरो देशलाइ पनि धकेल्दै छ
    छिमेकीले ।
    जसरी मान्छेहरु छटपटाउछन गर्मीले
    उसै गरि छटपटाएका हुन यहाका मान्छेहरु
    यो अरु केही होइन एउटा याम हो।
    यहि यामले मेरा धेरै दाजुभाइहरुलाइ बिहारी बनायो
    धेरैलाइ यु पि बनायो
    यो सबैभन्दा घातक याम हो।

    बुरुक उफृएर मात्र सिमाना जोगिने भए
    भकुण्डोहरुको साध भुइ हुन्थेन होला
    देशले रगत मागेको बेला
    मात्र तिमी कालो ब्यानर बोकेर नउफ्र?
    बन्दुक बोकेर लडने बेला भयो अब बैरी सग।

    नत्र कागहरु कराउदै गर्छन
    पिनाहरु सुक्दै जान्छन
    बरु फेरिएला यो उखान
    जनताहरु कराउदै गर्छन
    सिमाहरु मिचिदै जान्छन

    कि गएर लड सिमानामा
    जोगाउ माटो
    नत्र तिम्रो पुस्तालाइ सिकाउदै गर
    मेरा भारत महान है।

    लेखक:बिपि विद्रोही अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य हुन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)