News Portal

  • मेचीनगरमा जनता आवास कार्यक्रम शुरु, संघीय सांसद कार्कीद्धारा शिलान्यास

    लक्ष्मी उप्रेती
    ६५२ पटक

    झापा। प्रदेश  नम्बर १  सरकारको जनता आवास कार्यक्रम झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत मेचीनगर—११ स्थित गोजावस्तीमा सोमबार संघीय सांसद सुरेन्द्रकुमार कार्कीले आवासको शिलान्यास गर्नुभयो ।

    नेपाल सरकारले सुचिकृत गरेका जातिहरुमा पर्ने दलित, अल्पसंख्यक लोपोन्मुख जातिमध्येको घर बनाएर आवास उपलब्ध गराउन सरकारले जनता आवास कार्यक्रम शुरु गरेको जनता आवास कार्यक्रम शिलान्यास समारोहको अध्यक्षता गदैं प्रदेश सभा सदस्य गोपाचन्द्र बुढाथोकीले बताउनुभयो ।

    सांसद कार्कीले स्थानीय ढाक्रु मुसुहारको घरको शिलान्यास गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेशभरि ५५ वटा घर निर्माण हुनेछन् । वडानम्बर ११ मा ५ वटा घर निर्माण गर्ने योजना छ भने मेचीनगरका ३, ७, ९, ११, १३ र १५ नम्बर वडामा गरेर ३३ वटा घर निर्माण हुने छन् । एउटा घरको लागत ३ लाख ३२ हजार ५ सय अनुमान गरिएपनि निर्माण कार्य सम्पन्न हुदाँ साढे तीनलाख सम्म खर्च पुग्ने शहरी विकास डिभिजन कार्यालय इलामका ओभरसियर प्रज्वल साहले जानकारी दिनुभयो ।

    ५ फूट वरण्डा, दुईवटा कोठासहित जस्तापाताको छानो भएको घर नगरका सवै वडामा ६० दिनभित्रमा निर्माण कार्य सम्पन्न गरिने ओभरसियर साहले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत नगरपालिकामा ३३ वटा तथा गाउँपालिकामा ३० वटा यस्ता घर निर्माण हुनेछन् । क्षेत्र नम्बर १ अन्तर्गत भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडामा ६ वटा बुद्घशान्ति गाउँपालिकाको ४, ६ र ७ नम्बर वडामा १६ वटा गरी कुल ५५ वटा घर निर्माण हुनेछन् । घर निर्माणका लागि विवादरहित जग्गा उपलब्ध गराउनुपर्ने छ ।

    कार्यक्रममा बोल्दैं प्रमुख अतिथि सांसद कार्कीले वेघरवारलाई घर घडेरी, बेराजगारलाई काम, अन्यायको विरोध गछौं नेकपा हो नाम भन्दै अब हरेकले सुरक्षितरुपमा बास बस्न पाउनु उस्को नैसर्गिक अधिकार रहेको बताउनुभयो ।

    उपप्रमुख मीना पोखरेल उप्रेतीले सरकारको आफ्ना हरेक नागरिकलाई गास, वास र कपासको उचित व्यवस्था गर्नु मुख्य दायित्व भएकाले आफ्ना नागरिकलाई बस्ने घर निर्माणमा १ नम्बर प्रदेश सरकार जुटेको प्रष्ट पार्नुभयो । उहाँले स्थानीय सरकारको हैसियतले नगरक्षेत्रभित्र वेघरवार भएकालाई बस्ने उचित व्यवस्था नगरपालिकाले मिलाउने समेत जानकारी गराउनुभयो ।

    शिलान्यास कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, ११ नम्बरका वडाध्यक्ष सन्तोष मेचे, ६ नम्बर वडाका जनप्रतिनिधिहरु राजक’मार श्रेष्ठ, सावित्रा ल्वागुन लक्ष्मी तामाङ, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, सचिव खेमराज पोखरेल, नेकपाका नेताहरु प्रकाश भण्डारी, अर्जुन पौडेल, डिल्लीराम घिमिरे, रेणुका डाँगीलगायतको उपस्थिती रहेको थियो । शिलान्यास कार्यक्रमको सञ्चालन रुद्र डाँगीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)