News Portal

सताक्षीधाम महोत्सवमा खेल तमासा थपियाे

रातोपोस्ट संवाददाता
१००८ पटक

झापा । झापाको सताक्षीधाम आयोजना भईरहेको सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोममा सोमबार देखी खेल तमासाका आईटम पनि थपिएका छन । सर्वसाधरण तिर्थयात्रिको माग बढेकोले खेल विधाका आईटम थपिएको महोत्सवको सुरक्षा, स्वयमसेवक तथा व्यवस्थापन उपसिमितिका संयोजक फुर्वा (प्रदिप गोले)तामाङ्गले बताए ।

सताक्षी नदिको तटिय क्षेत्रमा खेलका आधा दर्जन वढी आईटम थपिएका छन । पिङ्ग, रेलगाडी, झुलाला, टेनिस लगायतका खेल संचालन हुन थालेको समितिले जनाएको छ । मेलामा कानुन द्धारा वर्जित खेल लाई स्थान नदिईने र कोहि कसैले बर्खीलाप गरे कानुनी दायरामा ल्याईने आयोजक समितिले जनाएको छ ।

कात्तिक २७ देखी मंसिर ९ गते सम्म संचालन हुने धार्मिक महोत्सव तथा अष्टोत्तरसत कुण्डीय कोटिहोममा नेपाल लगायत भारत, भुटान, माल्धिप्स, अमेरिका, जर्मन, हङ्गकङ्ग लगायतका मुलुकबाट तिर्थ यात्रिको आवगमन भईरहको छ । आयोजकका अनुसार हाल सम्म भारतका ३० हजार र नेपालका १लाख ५० हजार तिर्थालुले धार्मिक महोत्सव तथा पर्यटन भ्रमण वर्ष २०२०को पनि प्रचार प्रसार गर्ने उद्धेश्यले आयोजना भएको कार्यक्रम विगत ५ वर्षदेखी नियमिति हुदै आएको छ ।

विगत ४ वर्ष गौ कथा महोत्सव संचालन हुदै आएको थियो भने यो वर्ष वृहत रुपमा धार्मिक महोत्सव तथा १०८ कुण्डको कोटिहोम आयोजना भएको महोत्सव मुल आयोजक समारोह समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलले वताए ।

सताक्षीधाममा वालाचर्तुदशी धार्मिक मेला स्वतस्फुर्त लाग्ने छुट्टै विशेसता छ । हाल सम्मको तथ्याङ्कका आधारमा  विश्वका १३ मुलुकका हिन्दु धर्मालम्वीले वालाचतुदर्शीमा सतविज छर्ने गरेका छन ।

वर्षेनी तिर्थयात्रुको सताक्षीधाममा उपस्थिती बाक्लिन थालेपछी स्थानीय तहले पनि नयाँ ढंगले व्यवस्थापन गर्न थालेको छ । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरी नगरको मुख्य पहिचानका रुपमा स्थापित हुन थालेको बताए ।

प्रतिकृया दिनुहोस्