News Portal

  • मलाई एउटा बन्दुक देऊ-बिपि विद्राेहि

    रातोपोस्ट
    ९०० पटक

    [ मलाइ एउटा बन्दुक देउ ]

     


    …………………………………
    मलाइ कुनै फुली चाहिदैन
    मलाइ कुनै तक्मा चाहिदैन
    तालिम पनि चाहिदैन
    तलब भत्ता बिमा केही चाहिदैन
    मलाइ म नढलिन्जेल पडकाउन पुग्ने गोलि
    र एउटा बन्दुक देउ
    मलाइ मेरो माटो चाहिएको छ
    मलाइ मेरो देश चाहिएको छ।

    म नागरिकता देखि लालपुर्जा सम्म
    सबै फिर्ता गर्छु
    सरकार
    मलाई एउटा बन्दुक देउ
    मलाइ देशको माटो चाहिएको छ

    म सुकुम्बासी बन्छु
    म बेनाम बन्छु
    मलाइ मेरो देशको नाम चाहिएको छ
    नेपाल
    बरु मेटिउन मेरा सारा का सारा खुसिहरु
    रहरहरु, चाहना हरु
    तर नमेटिने अक्षरले लेख्नु छ
    मेरो देशको नाम
    म बचाउछु मेरो देश
    मलाइ अरु केही चाहिदैन
    बस मलाइ एउटा बन्दुक देउ
    मलाइ मेरो देश चाहिएको छ

    बरु हिडेरै जाउला पर पर सम्म
    बोकेरै लैजौला चामलका बोरा
    सिमेन्टका बोरा
    सरकार सेनालाइ बाटो खन्न होइन
    सिमानामा लडन पठाउ

    देश लुटिदा नपडकने बन्दुक किन बनाएको?
    माटो मिचिदा नलडने सेना किन बनाएको?

    हिजो पनि नखनिएको होइन सुरुङ
    नतोडेको होइन तिम्रो पर्खाल
    अब जेल भित्रै घँषणा गर्छौ चौथो बटालिएन
    र लडछौ देशको बचाउन
    तिमी भित्र भित्रै सुरु गर अब
    मलाई आतंककारी घोषण गर्ने लबिङ
    कमिसनको हिसाबकिताब ।

    बि पि बिद्रोही २०७६/८/३

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)