News Portal

  • सिमा बिबाद :कालापानी भारतकाे भुमि हाे-मुख्यमन्त्री रावत

    रातोपोस्ट संवाददाता
    १४५७ पटक

    उत्तराखण्ड।नेपाली भुमि कालापानीलाई भारतले आफ्नो नक्सामा राखेसँगै उत्कर्षमा पुगेको विवाद अझै बढ्ने देखिएको छ।

    देशभर भारतिय बिस्तारबादकाे नाङ्गो हस्तक्षेप बिरुद्ध सडकमा बिराेधशभा भैरहेकाे छ भने प्रधानमन्त्री वलिले भारतलाई एक इन्च पनि जमिन नदिने बताउदै आएका छन्।तर यता भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भन्दै दावी गरेका छन् ।

    उत्तराखण्डको पिथौरागढ जिल्लाको कालापानी रहेको भन्दै उनले नेपालले दावी गर्नुलाई ‘चिन्ताजनक’ भनेका छन् । ‘कालापानीबारे नेपालले जे कुरा भनिरहेको छ, यो चिन्ताजनक छ । भारतको जुन हिस्सा छ, त्यो भारतकै रहने उनको भनाइ छ।

    केहिदिनअघि मात्रै  प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई  आग्रह गरेका थिए। तर भारतीय नेता रावतले यस्तो प्रतिक्रिया दिएपटि सिमा विवाद अझै उग्र बन्न सक्ने देखिएको छ।

    प्रधानमन्त्री ओलीको अभिव्यक्तिको समाचार बनाएको भोलिपल्ट भारतको चर्चित पत्रिका अमर उजालले रावतको प्रतिक्रियालाई समेट्दै उक्त समाचार बनाएको छ। उक्त पत्रिकाले कालापानी क्षेत्रलाई नेपालले ‘दावी’ गरेको भन्दै  कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको उक्त पत्रिकाको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)