News Portal

  • मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, भोलि गर्ने तयारी

    रातोपोस्ट संवाददाता
    ४४६ पटक

    काठमाडौँ। बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन भोलि मात्रै हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका भएपनि कार्य व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठनको काम भोलिका लागि सरेको हो।

    बालुबाटारमा बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक लगत्तै मन्त्रीमण्डल हेरफेर गरेर आजै सपथ हुने बताइएकाे थियाे।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली व्यस्त भएका कारण बुधबार मन्त्रीहरुको हेरफेर हुन नसकेको हो।

    यद्यपि मन्त्री बन्ने सबैकाे टुंगाे लागि नसकेकाे हुँदा मन्त्रिमण्डल पुनर्गठनकाे काम बुधबार नभएकाे स्राेतकाे दाबी छ।

    प्रधानमन्त्री ओली र दाहालबीच मन्त्रिमण्डल हेरफेरको सम्बन्धमा बुधबार बिहान छलफल भएको छ। त्यसलगत्तै दुबै अध्यक्ष थप छलफलका लागि राष्ट्रपति भवन शितल निवास पुगेका थिए।

    बुधबार बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार चलाउने र दाहाललाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेकाे थियाे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)