News Portal

  • नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

    रातोपोस्ट संवाददाता
    ९८६ पटक

    काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

    सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुषाललाई कृषि तथा पशुपक्षी विकास र पार्वत गुरूङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यसअघि रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन, मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनालले कृषि तथा पशुपक्षी विकास र थममाया थापाले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्बेवारी सम्हाल्दै आएका थिए ।

    सपथ ग्रहण लगत्तै नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्ने छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)