News Portal

सताक्षीधाम बिकास समितिको नाममा आर्थिक संकलन नगर्न सिडिओको निर्देशन

रातोपोस्ट संवाददाता
७९९ पटक

झापा । झापाको सताक्षीधाम मन्दिर विकास समितिमा निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा नहुँदा संस्था विवादमा परेको छ ।

सताक्षीधाम मन्दिर बिकास समितिको २०६७ साल पौस १७ गते निर्वाचित समितिले अहिलेसम्म साधारणसभा नगरेपछि संस्थाको वैधानिकता र गतिविधिमा प्रश्न उठेको हो । कार्य समितिको चार वर्षे अवभिमा साधरणसभा भएन भएन अरु पाँच वर्ष बित्ता पनि साधारण सभा भएको छैन ।

निर्वाचनमा स्थानीय प्रसाद सुब्बाले नेपाली काँग्रेसको समर्थनबाट तत्कालिन सतासीधाम सामुदायीक बनका अध्यक्ष गोपाल श्रेष्ठ (जगत)लाइ भारी मतान्तरले हराउदै अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

सताक्षीधाम मन्दिर विकास समिति स्वायत्त गैह्र सरकारी संस्था भएपनि यसको नवीवरण केहि वर्ष देखी भएको छैन । समितिले नत कर तिरेको छ, नत नवीकरण गरेको छ, नत आर्थिक हिसाव नै सार्वजनिक गरेको छ । संस्थाको नियमित लेखा परीक्षण पनि भएको छैन । तरपनि, संस्थाका नामा आर्थिक बारोबार भइरहेको छ ।

सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले आयोजना गरेको १०८ कुण्डीय कोटीहोमका कार्यमा संस्थाले हस्तक्षेप गरेपछि जिल्ला प्रसाशन कार्यालय झापाले तत्काल त्यस्ता गतिविधि नगर्न आज पत्रचार गरेको हो । समितिले कोटीहोममा आउनु भक्तजनबाट आर्थिक संकलन गर्न थालेपछि संस्था विवादमा तानिएको हो । संस्थाका नाममा आर्थिक संकलन लगायतका कार्य नगर्न निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

सताक्षीधाम मन्दिर बिकास समितिको नौ वर्ष अघि निर्वाचित भएका अध्यक्ष प्रसाद सुब्बा नेतृत्वको समूह गैह्रकानुनी समिति भएको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नविन इजमले बताए । उनले भने, ‘कुनैपनि सार्वजनिक महत्वको सम्पतिको संरक्षण तीनवटै तहका सरकारले गर्छ, यसको दायित्व शिवसताक्षी नगरमा थपिएको छ, प्रवक्ता इजमले भने, वदमासी गर्न कसैलाई छुट छैन, नगरले अव नियमन गर्छ ।’

अध्यक्ष सुव्बाले समितिका अन्य पदाधिकारी लगायत सदस्यले साथ नदिएकोले आफु एक्लो भएको बताए । उनले भने, गढवढी कतै केहि छैन, साधारणसभा भने गर्न नसकीएको स्वीकार्नुको विकल्प छैन । तर, अध्यक्ष स्वयम्का गतिविधिले धाम विकास समितिको साधरणसभा नभएको हो । सजिलाे खबरबाट

प्रतिकृया दिनुहोस्