News Portal

  • बलात्कार आरोप लागेका अखिल नेता पुर्पक्षका लागि जेल चलान

    रातोपोस्ट संवाददाता
    ६३४ पटक

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेका उनी १२ कात्तिकमा पक्राउ परेका थिए ।

    अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले  बताए ।

    राईमाथि देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)