News Portal

  • महरा प्रकरण : थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

    रातोपोस्ट संवाददाता
    ६८० पटक

    काठमाडौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ ।

    संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा पठाइएका महराले आफूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिरहनुपर्ने जरुरत नभएको भन्दै थुना बाहिरै रही मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

    महराको निवेदनमाथि शुक्रबार मुख्य न्यायाधीश सुवेदीले कैफियत कागजात झिकाउने आदेश दिएका हुन् ।

    जिल्ला अदालतबाट घटनाको मुचुल्का, बयान लगायतका सबै कागजात आएपछि सो कागजातको अध्ययन गरी महरालाई थुनामै राख्ने वा थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने बारे उच्च अदालतले आदेश दिनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)