
पोखरा। उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएपनि संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले आज फेरी गिरफ्तार गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित यातायात ब्यबस्था कार्यालय लाइसेन्स शाखाबाट गएको मंसिर १ गते गिरफ्तार गरिएका पत्रकार घिमिरेलाई आज उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएको थियो।
अदालतको आदेशमा रिहा भएका पत्रकार घिमिरे प्रहरी हिरासतमा रहंदा राखिएका आफ्ना सामाग्रीहरु लिन वडा प्रहरी कार्यालय बैदाम पोखरामा गएको बेला वडा प्रहरी कार्यालय रामबजार पोखराको टोलीले फेरी गिरफ्तार गरेको हो। उनलाई अहिले वडा प्रहरी कार्यालय रामबजारकाे हिरासतमा राखिएको छ।