News Portal

  • मालपोत अधिकृत ५ लाख घुससहित पक्राउ

    रातोपोस्ट संवाददाता
    ६५६ पटक

    सिरहा । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ५ लाख घुससहित अख्तियारले पक्राउ गरेको छ ।

    सेवाग्राहीबाट लिएको नगद पाँच लाखसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीको टोलीले कार्यालयबाटै मण्डललाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

    सेवाग्राहीको फाईल उच्च अदालत जनकपुरको राजविराज कार्यालय पठाउन रकम माग गरेको सूचनाको आधारमा खख्तियार टोली त्यहाँ पुगेको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

    टोलीले निमित्त प्रमुख मण्डललाई घुसवापत लिएको रकमसहित कार्यकक्षमा नै नियन्त्रणमा लिएको हो । मण्डललाई अहिले अख्तियार कार्यालय वर्दिवास लगिएको छ ।

    यसअघि पनि मालपोत कार्यालय सिरहका प्रमुख अधिकृत ज्ञानराज लम्साललाई ४० हजार घुससहित अख्तियारले पक्राउ गरेको थियो । उनले सिरहा नगरपालिका १३ मल्हनिया गम्हरियाका दिपु साहसँग ४० हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा अख्तियारले नियनन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)