News Portal

  • ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन, लायन्स क्लब मेचीनगरको प्रचारात्मक कार्यक्रम

    रातोपोस्ट संवाददाता
    ६३५ पटक

    झापा । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका  प्रचार प्रसार होस भन्ने उद्देश्यले शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

    लायन्स क्लब अफ मेचीनगरले नेपाल सरकारद्वारा घोषणा गरेको भ्रमण वर्ष २०२०लाई सफल बनाउन प्रचार प्रसार गर्ने र बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले र्याली, विचार सभा र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

    भ्रमण वर्षकोसफल बनाउन  प्रचारात्मक अभियान अन्तर्गत आयोजित कार्यक्रमको उद्घाटन संघीय सांसद् राम कार्कीले गरेका छन् । सो अवसरमा प्रमुख अतिथि कार्की, प्रदेश सांसद् श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, क्लवको एरिया वानका चिफ चेयर पर्सन लीलाप्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सो अवसरमा मेचीनगर ६ नम्बर वडा अध्यक्ष ललितबहादुर तामाङ, प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल, क्लवका रिजन चेयर पर्सन सत्यनारायण शर्मा, जोन चेयर पर्सन ओमकृष्ण विमली लगायतको आतिथ्यता थियो ।

    आयोजक क्लवका चार्टर प्रेसिडेन्ट शंकर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा थर्ड भाइस प्रेसिडेन्ट गंगालाल गुरुङले स्वागतसहित औचित्यमाथि प्रकाश पारे भने सञ्चालन सेक्रेटरी सुवर्ण भट्टराईले गरेका थिए ।

    त्यसअघि भ्रमण वर्षलाई लक्षित गरी क्लवको ब्यानरमा सुरु भएको र्यालीले काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । र्यालीमा सहभागी लायन्स र लियो क्लवका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो । र्यालीको संयोजन लायन्स क्लवका मेम्बर नरेश लावतीले गरेका थिए ।

    त्यस्तै, क्लवद्धारा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन द भ्वाइस अफ नेपाल सिजन वानका फाइनलिस्ट कुशल आचार्यले रक्तदान गरी गरेका थिए । रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १० जना महिलासहित ६५ जनाले रक्तदान गरेका थिए ।

    त्यसक्रममा रक्तदाताहरुलाई क्लवका फस्ट भाइस प्रेसिडेन्ट सन्तोष आचार्य, सेकेन्ड भाइस प्रेसिडेन्ट मोहनप्रसाद मैनाली, असिस्टेन्ट सेक्रेटरी रोशन प्रधान, ट्रेजरर प्रविन थापा, असिस्टेन्ट ट्रेजरर श्याम प्रसाईंलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

    सो कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न लियो क्लव अफ मेचीनगरका अध्यक्ष अभिजित दवाडीको नेतृत्वमा परिचालित ७५ जना लियो मेम्बरले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)