News Portal

  • जन्ती बोकेको बस दुर्घटना : एक जनाकाे मृत्यु

    रातोपोस्ट संवाददाता
    ५१७ पटक

    धादिङ- पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार (आज) बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिहान ४:३० बजे भएकाे दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्।

    नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो।

    दुर्घटनामा नुवाकोटकाे बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

    दुर्घटनामा घाइते भएका ४० जनामध्ये केहीकाे अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ। २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ।  रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)