News Portal

प्रधानमन्त्री ओली फेरि अस्पतालमा

रातोपोस्ट संवाददाता
६९५ पटक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली डायलासिस् गर्न ग्राण्डी अस्पताल गएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको पुष्टि गरेकी हुन् ।

उनका अनुसार डायलासिसपछि प्रधानमन्त्री आजै बालुवाटार फर्कनेछन् ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भने आफुले यसवारे जानकारी पाइनसकेको भन्दै बुझेर मात्रै खवर गर्ने बताए ।

यसअघि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमै कात्र्तिक १४ गते हेमोडायलासिस गरिएको थियो । चिकित्सकहरुले प्रधानमनत्री ओलीलाई मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्