News Portal

  • होस्टेलमा पेस्तोल राखेर विद्यार्थीलाई फसाउन खोजेको भन्दै चितवनमा प्रदर्शन

    रातोपोस्ट
    ४०१ पटक

    चितवन । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज(सीएमसी) को होस्टलमा पेस्तोल र गोली भेटिएको घटनालाई लिएर विद्यार्थी र अभिभावकले आइतबार प्रदर्शन गरेका छन् ।

    कलेज प्रशासन र प्रहरीले आफै होस्टलमा पेस्तोल राखी विद्यर्थीलाई फसाउन खोजेको भन्दै अभिभावकसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

    वीरेन्द्र क्याम्पस गेटबाट सुरु भएको प्रदर्शन लाइन्स चोक, शहीद चोक हुँदै पुन: चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई अभिभावक र विद्यार्थीहरुले सम्बोधन गर्दै कलेजले शुल्क फिर्ता नगरेसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिए ।

    यता कलेजको होस्टलभित्र पेस्तोल र गोली भेटिएको घटनाबारे निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्न कलेज प्रशासनले माग गरेको छ ।

    घटनाका सम्वन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानबिनमा सहयोग गर्न कलेज प्रशासनले अपिल गरेको छ ।

    शनिबार दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा नीलो झोलामा पेस्तोलसहितका सामग्री प्रहरीले भेटेको थियो ।-अनलाइन खबर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)